२०८१ बैशाख १७ , सोमवार

नरदेवीमा लागेको आगो नियन्त्रणमा

agoo

 

सुनाखरी न्युज /  काठमाडौँ  – काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।

 

आगलागीबाट पाँचाँै तल्लाको ढोका र झ्याल क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । रासस