२०८१ जेठ १ , मंगलबार

‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न, दुई देशवीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणगर्न मेला फलदायी

सुनाखरी न्युज/ मुम्वई ।
भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो ।

 

मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गर्नुभएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत भएको थियो ।

 

सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षितगरी आयोजना गरिएको सो मेला दुई देशवीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणगर्न मेला फलदायी भएको संयोजक रामुदामुले बताउनुभयो । उहाँका अनुसार यस्तो किसिमको मेलामा सहभागी हुँदा विश्व बजारमा भएको प्रविधिको बारेमा नजिकवाट बुझ्न र नयाँ नयाँ प्रविधि तथा शीपको बारेमा जानकारी लिन सजिलो भएको बताउनुभयो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद–विक्री, प्रविधि हस्तान्तरण, शिप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा यस किसिमको मेला फलदायी हुने गरेको बताउनुभयो । यस किसिमको मेलामार्फत दुई देशवीचका ब्यवसायीवीचको सम्वन्ध विस्तार र ब्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको उहाँको भनाई छ ।

 

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा भएको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक ब्यवसाय क्षेत्रका पारखी उद्यमी–ब्यवसायीहरु सहभागी थिए । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो ।

सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्वन्धी सवै खालका जानकारी तथा आवश्यकता पुरागर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी बन्ने गरेको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक बर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधीमण्डल बिगत बर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो ।