२०८१ जेठ १ , मंगलबार

सुनचाँदीको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा कुनै फेरबदल नभएको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।