२०८१ बैशाख २३ , आइतवार

सर्वसाधारणका लागि आजबाट मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ खुल्यो

IPO

सुनाखरी न्युज/ काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ।

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गते बैंकिङ समयपछि हुनेछ। मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।