२०८१ जेठ १ , मंगलबार

सुनचाँदी ब्यवसायी संघ काभ्रेमा उमेशरत्न शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित

Kavra agms

सुनाखरी न्युज/ काभ्रे ।
नेपाल सुनचाँदी ब्यवसायी संघ काभ्रेको नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन २०८० साउन २८ गते शनिबार काभ्रेमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा सो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायत विभिन्न ब्यीक्तहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी संघ काभ्रेका अध्यक्ष उमेशरत्न शाक्यको सभापतित्वमा सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन उमेशरत्न शाक्यकै अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।