२०८१ जेठ ५ , शनिवार

जसले निस्वार्थ साथ दिन्छ उ नै हाे सच्चा साथी

gopi dhakal

गोपी ढकाल । स्वार्थी साथी भन्दा बरू धुर्बे हात्तीनै जाती । साथी हाेस महाभारतकाे कर्ण जस्ताे किन्तु मिर्जाफर जस्ताे धाेकेवाज बरू हुँदै नहाेस । गुरू वा मित्र मिलाेस श्रीकृष्ण जस्ताे परन्तु शकुनि जस्ताे कपटी मामा किमार्थ पनि नहाेस ।

 

जसले दु:खमा निस्वार्थ साथ दिन्छ र धाेका भन्ने चिज उसकाे कुनै शब्दकोषमा हुदैन भने उ नै हाे सच्चा साथी । किन्तु राजनीतिमा यस्ताे साथी काेही हुन्छ ? जाे आफ्नाे स्वार्थ र कामवासना पूर्ति भएन भने साथीकै गर्धन माथि धारिलाे तरवार झुण्ड्याउन पुग्छ । गुरु त्याे हाे जसले इन्द्रियलाई मनले , मनलाई बुद्धिले र बुद्धिलाई विवेकले नियन्त्रण गर्ने उन्नत ज्ञान सिकाएर जीवन पद्धति साकार पार्ने मार्गदर्शन देखाउदछ ।
गुरु त्याे हाे जाे सूर्यकाे प्रकाश झैं जहिल्यै भेदभाव रहित हुन्छ । गुरु भनेकाे खण्ड रहित , पक्षपात रहित , स्वार्थ रहित र अहंकार रहित सूर्यझैं हुन्छ जसकाे प्रकाशले चराचर जगतमा कसैलाई पनि तेराे र मेराे भन्दै छुट्याउदैन । यदि छुट्याउने काम भयाे भने श्रीमद्भागवत गीताले भनेझैं “तत त्वम असी ” अथार्थ त्याे सबकाे कारक भनेकाे उ नै भएकाले गुरु मान्न सकिन्न । किनकि सच्चा गुरूले कहिल्यै पनि शिष्यलाई आत्म विनाशकारी आदतकाे दास बनाएर आफ्नाे कामवासना पूर्तिगर्ने साधन बनाउदैन ।

 

गुरु भनेकाे ऐना हाे जसले आफ्नाे शिष्यलाई ज्ञानकाे प्रकाश परावर्तन गराउदछ । किन्तु गुरूले पनि के बुझ्नु पर्दछ भने ऐना भनेकाे बिम्ब हाेइन …. प्रतिबिम्ब मात्र हाे । परन्तु ऐनाले आफुलाई नै बिम्ब ठान्दै त्याे प्रकाश र ताप भनेकाे म बाट नै सिर्जित र निर्मित हाे …… भन्ने अहंकारमा एकलब्ये लाई झैं हात काटेर मलाई गुरु दक्षिणा देउ … भनि सिंगाैरी खेल्दै गर्दा प्रकाश परावर्तन गर्ने ऐना नै फुट्याे भने खै मेराे प्रकाश भन्दै चीत्कार सहितले आर्तनाद गर्न मिल्दैन । श्रीकृष्ण एक यस्ता गुरु थिए जसले पाण्डव हरूलाई सर्वश्व गुमेपनि आंट नगुमाउ ….. भन्ने उपदेश दिदै सत्य , चैतन्य र सजगताले फेरि सबै चिज प्राप्त हुन्छ भन्ने धैर्यता सिकाएर चपरी मुनिकाे वास बाट हस्तिनापुरकाे राज सिंहासनमा पुर्‍याएका थिए । तर स्वार्थले जर्जर शकुनिले भने आफ्नै भान्जे शकुनिलाई आत्म विनाशकारी आदतकाे दास बनाएर काैरव वंशकाे विनाश गराएका थिए भन्दै महाभारतले वर्णन गरेकाे छ ।

 

त्यसैले भन्दैछु — साच्चिकै गुरु हाे भने रमणीय र कल्याणकारी रीति सिकाउदै सबैकाे मङ्गलमय जीवनकाे कामनामा रमाउनु पर्दछ । सानालाई माया र ठूलालाई श्रद्धा राख्न सिकाउदै मुद्दा र एजेन्डाकाे लक्ष्यसम्म डाेर्‍याउन सक्नु पर्दछ । गुरु हाे भने सर्वहित र सर्व सुखमा समर्पित हुने पथमार्ग देखाउनु पर्दछ । मलाई हुनुपर्‍यो , मेरै पक्षमा आउनु पर्‍यो , म जे भन्छु त्याे नै सत्य हाे किन्तु त्याे बाहेक अरू सबै मिथ्या हाे भन्दै दलिल गरिरहने हाे भने ……. त्यस्ताे स्वार्थ जर्जर ज्ञान दिने मान्छे गुरु हुनै सक्दैन बरू बालहठकाे पराकाष्ठा हाे भन्दै दुनियाँ जगतले बुझ्ने छन ।

 

अत: खानका लागि साथी , कपाली तमसुके साथी , मूर्ख साथी , स्वार्थी साथी र चिनी खुवाएर मह छदाउने साथी भन्दा बरू धुर्बे हात्ती नै जाती । किनकि धुर्बे हात्तीको नजिक नगए उसले कुनै हानी नाेक्सान गर्दैन ।