२०८१ असार ४ , सोमवार

हाम्री आमा, तिज गित म्युजिक भिडियो सार्वजनिक

शिशिर उजाड/ पाेखरा । नेपाली नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरी वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेकाे ” “हाम्री आमा” तिजी गित म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

 

म्युजिक भिडियो वरिष्ठ लाेक गायिका हरिदेवी काेइरालाले बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक गंगादेवी लामिछानेकाे अध्यक्षतामा आयाेजित कार्यक्रम विच सार्वजनिक गर्नुभयाे। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वरिष्ठ लाेक गायिका काेइरालाले संगित र साधनाले जिवनलाई मनाेरम प्रदान गर्दै स्वस्थ्य र स्फुर्त राख्दछ भन्नू भयाे । लाेक गायिका काेईरालाले हामीले गाउने गित संगितले समाजमा प्रतक्ष प्रभाव पार्ने कुरा उल्लेख गर्दै गायनकाे शब्द संगीत र विषय वस्तु सन्देश मुलक हुन पर्ने कुरामा जाेड दिनु भयाे ।

 

कार्यक्रममा बाेल्दै संचारकर्मी ऋषि खतिवडाले हाम्री आमा म्युजिक भिडियो पुरानाे जिवनशैलीकाे छायाँ छवि दर्शाउदै समाजमा बृद्ध बृद्धाहरु प्रतिकाे जिम्मेवार र पुस्तागत सन्देश दिन खाेजेकाे बताउनु भयाे । त्यस्तै वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले सांगितिक मनाेरंजनले स्वास्थ्यमा ल्याउने परिवर्तनका विषयमा जानकारि गराउनु भयाे ।

कवि रामप्रसद पाैडेलकाे शब्द , प्रा.डा निर्मल लामिछाने तथा ज्याेति लाेहनीकाे स्वर, तारानाथ आचार्यकाे संगित र संजिव लामिछानेकाे विडियाेग्राफी र सुवास आमागाईकाे सम्पादन रहेकाे साे म्यूजिक विडियाे वि जी हस्पिटल यु ट्युव च्यानलमा सार्वजनिक गरिएकाे छ ।