२०८१ जेठ १ , मंगलबार

विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह

school close (1)

सुनाखरी न्युज/ काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासङ्घले आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई स्पष्ट गर्नुपर्ने बताउनुभयो । रासस