२०८१ जेठ ५ , शनिवार

माछापुच्छ्रे बैंकले ल्यायो अफलाइन ‘ट्याप टू पे’ सेवा

Capture (3)

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ सुविधा ल्याएको छ । बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा कन्ट्रयाकलेस अफलाइन ‘ट्याप टू पे’ सेवा सुरु गरेको हो ।

टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

 

बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पिएसओ मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन एमबिएल एम स्मार्ट प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । यो सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।