२०८१ बैशाख १५ , शनिवार

भ्रामक समाचारको खण्डन

ncell

सुनाखरी न्युज/ काठमाडौं । एनसेल एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा बिहीबार साउन २५ ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन र घोर भर्त्सना गर्दछ । यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याइ छ ।

यो कम्पनीको प्रतिष्ठामा आँच पुऱ्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहित स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो भन्ने हाम्रो विश्वास छ । यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।

 

सोही समाचारका सम्बन्धमा हामी निम्न विषय स्पष्ट पार्न चाहन्छौं –
– हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं । समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।

– एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स०सँग इन्टिग्रेट÷कनेक्ट अर्थात जोडेको छैन । कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं ।

– हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।

 

– टेरामक्स सम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुनेछ । जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।

एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी हो र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको छ । ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो । हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं ।