२०८१ बैशाख १५ , शनिवार

रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि

Capture (40)

सुनाखरी न्युज/ काठमाडौं । रहनु भएकाहाम्रा समस्त ग्राहकवर्गहरु लाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छौं। हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”

 

रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भन्नुभयो , “हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागिहामी सम्पूर्ण नेपालीग्राहकवर्गहरु प्रतिआभारी छौं।”

 

यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधाप्रदान गर्ने रियलमीको प्रयासलाई नयाँउचाईमा पु¥याएकोछ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ।

 

त्यस्तै यस सेवा केन्द्रमादक्ष र तालिमप्राप्तकर्मचारीहरु छन्।ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमाआईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापनागरिएको कम्पनिले जनाएको छ। रियलमीले कममूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदानगर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोक प्रिय बन्न सफल भएको छ ।

 

पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ। ग्राहकहरूले आधिकारिक रियलमीवेबसाइट र एप मार्फत अनलाइनपनि सपोर्ट पाउन सक्नुहुनेछ।