२०८१ बैशाख २१ , शुक्रवार

एनआई सी एशिया बैंकद्वारा तीन कर्जायोजना सार्वजनिक

nic asia

सुनाखरी न्युज/ काठमाडौं । बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआई सी एशिया बैंक लिमिटेडले आफ्ना लाखौं ग्राहक महानुभावहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा रअठोट शेयरधितोकर्जा गरी तीनकर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावहरुको आवश्यकता लाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मकोअठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकमहानुभावहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले निजी आवासीय घर खरिद गर्न, निजीआवासीय अपार्टमेन्ट खरिद गर्न, निजीआवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथातलाथप्न र निजीआवासीय घर निर्माण गर्न जग्गाखरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नुहुनेछ । साथै, अन्य बैंक तथावित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घर कर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापःगर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ग्राहकमहानुभावहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतमरू. २५ लाखदेखि अधिकतमरू. ५ करोडसम्म कर्जा उपलब्धहुनेछ । अधिकतम१५ वर्ष कर्जा अवधिकायमगरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसायतथा कृषि व्यवसायहरु लाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नुहुनेछ ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमासमेत आकर्षक तथान्यूनतमब्याजदर लाग्नेछ भने यस कर्जामा१ वर्षको भुक्तानीअवधि (वार्षिक रुपमानवीकरण गर्न सकिने)रहेको छ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।