२०८१ बैशाख १६ , आइतवार

रु ७०० सयले सस्तियो सुन

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।