२०८१ बैशाख २३ , आइतवार

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

Capture (42)

सुनाखरी न्युज/ काठमाडौं ।
जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् । राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताउनुभयो । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताउनुभयो ।
रासस