२०८१ जेठ ५ , शनिवार

कारागारबाट भाग्दै गर्दा पक्राउ परेका २ कैदीको मृत्यु

सुनाखरी न्युज  / काठमाडौं –  संखुवासभा कारागारमा २ जना कैदीको शंकास्पद मृत्य भएको छ । जिल्ला कारागार संखुवासभाका जेलर राजेन्द्र घिमिरेका अनुसार शौचालयबाट भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

 

मृत्यु हुनेमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तालाङ्गी र चोरी मुद्दामा कैद भुक्तान गरिरहेका नुकावोकट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी गरेका जेलर घिमिरेले बताए ।

 

जेलर घिमिरेले के कारणले मृत्यु भएको भन्ने कुरा पुष्टि गरेनन । ‘उनीहरूको मृत्यु भएको छ । राति ट्वाइलेटको झ्याल काटेर भाग्न खोज्दा सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।उनीहरूको मृत्यु भएपछि जेलभित्रका कैदीहरूले आन्दोलन गरेका थिए ।  ‘आन्दोलन भएपछि हामीले नौ जनालाई जेलबाट बाहिर निकालेर जिप्रकामा सुरक्षित राखिदिन भनेका छौं ।