२०८१ बैशाख २१ , शुक्रवार

रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई सरकारको स्वीकृति

Capture (52)

सुनाखरी न्युज/ काठमाडौं । सरकारले ५ रुपैयाँ दरका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राष्ट्र बैंकलाई ५ रुपैयाँ दरका सिक्का टकमरी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ।

यो सँगै मन्त्रिपरिषद्को बैठकले ३ निर्णय गरेको छ। बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको बैठकले गरेको छ।