२०८१ बैशाख ३१ , सोमवार

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल बिच सम्झौता

Capture (48)

सुनाखरी न्युज/ पोखरा । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापन (PMS Management)को लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्स मार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ। उक्त सम्झौतापत्रमा समृद्धिको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी रहि मालयको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौतापत्र समृद्धि फाइनान्सको पुतलि सडक शाखामा भएको हो ।

 

नेपाल राष्ट्र बैंक बाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।