२०८३ श्रावण २२ , शुक्रवार

शिशुवामा जारी ज्ञान महायज्ञ जारी,‘बाआमालाई माया, स्नेह, स्याहार सुसार गर्ने हो धर्म गर्न मन्दिर जान पर्दैन’

सूर्य बास्तोला/ पोखरा। शिशुवा जेष्ठ नागरिक समाज कास्कीद्वारा आयोजित शिवपुराण एवं श्री पुरुषोत्तम महात्म्य स्वराट ज्ञान महायज्ञ त्रिनेत्रश्वर शिव मन्दिर शिशुवामा साउन १ गतेदेखि संचालन भइरहेको छ ।

 

जेष्ठ नागरिकको भवन निर्माण सहयोगार्थ संचालित महायज्ञमा भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको सचिव तारा प्रसाद पौडेलले बताउनुभयो । महायज्ञ अन्तर्गत मंगलबारका प्रमुख अतिथि पूर्व मन्त्रि तथा सामाजिक कल्याण प्रतिष्ठान नेपालका संरक्षक उत्तम पुनले जेष्ठ नागरिक समाज कास्कीलाई नगद रु.५० हजार ५ सय ५ सहयोग प्रदान गर्नुभएको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले जेष्ठ नागरिकको भलाईकोलागि आफ्नो संस्था र व्यक्तिगत रुपमा पनि आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले मन्दिरमा गएर घण्टी बजार मात्रै धर्म गरिएको मानिदैन, आप्mनै घरमा भएका बाआमालाई माया, स्नेह, स्याहारसुसार गर्ने हो भने हामी धर्म गर्न मन्दिर जान नपर्ने बताउनुभयो ।

 

साउन ३२ गतेसम्म चल्ने ज्ञान महायज्ञमा युवा पण्डित राजन अधिकारीले कथा वाचन गरिरहनुभएको छ ।