२०८१ बैशाख २१ , शुक्रवार

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको बैठकले उक्त नीति स्वीकृत गरेको हो ।

बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्‍मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले ५ रुपैयाको १५ करोड थान सिक्का निकाल्ने भएको छ । बैठकले सिक्का टकमरी गर्न वा निकाल्न राष्ट्र बैकलाई स्विकृति दिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।