२०८१ जेठ ५ , शनिवार

एकनाले भरूवा बन्दुकसहित पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने ४२ वर्षीय केशव घर्तीलाई एकनाले भरूवा बन्दुकसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१३ सिडेनि बस्ने ४८ वर्षीय जंग बहादुर राईको घरबाट लुकाई छिपाई राखेको भरूवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।