२०८१ बैशाख २३ , आइतवार

नेप्सेको आरोलो यात्रा कायमै

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से २८.४० अंकले घटेर दुई हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज एक अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ भने नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३३३.१० रुपैयाँ पुगेको छ ।

 

आज ग्लोबल आईएमई डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।