२०८१ बैशाख २९ , शनिवार

नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड् ५ को अब प्रि–अर्डर सुरु

Capture (24)

सुनाखरी न्युज/ काठमाडौं । सामसङ, नेपालले आज अगष्ट ७,आफ्नो ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ ।

प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन् । नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसंगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको छ । यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन् । लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसंगहुनेसम्भावनालाई रुपान्तरण गरेको छ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकहरुले २०८० साउन २२ गतेदेखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि(अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगैप्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिकस्टोरहरुमा गइ गर्न सक्नेछन् ।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन हो
ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबलअनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन रङ्गहरुमाउपलब्ध छन (मिन्ट, लाभेण्डर र कालो) । यसको बजार मुल्य ८+२५६ जिबिको मोडलको लागि रु.१३९,९९९ तोकिएको छ । ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३+३२ जिबि) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि रु.५,००० र सामसङ ए७ लाइट एलटिइको लागि रु.२०००अतिरिक्त व्यहोर्नु पर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ५ः विशाल स्क्रीनयुक्त एकमात्र उत्पादकत्व भएको पावरहाउस फोन हो

विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो रलाईटब्लुरङ्गमाउपलब्ध छन।ग्यालेक्सी जेड फोल्ड ५,१२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जिबि) को मुल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२+५१२ जिबि) को मुल्य रु.२३९,९९९ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५(१२+२५६ जिबि) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् उदाहरणको लागि ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा रु.३०००÷ थपेर २४ इन्चको सामसङ मोनिटर वा रु.४०,०००÷ थपेर ४७ एमएमको ग्यालेकसी वाच६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा रु.२५,००० सम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि पयोग गर्न सक्नेछन् । न्यूनतम इएमआइ प्रति महिना रु.७,००० का दरले शुन्य प्रतिशत ब्याजमा शुरु हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् ।

दुवैग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको छ । साथै क्ष्एह्डको समर्थन, अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ ।