२०८१ जेठ ५ , शनिवार

कैलालीमा भन्सार छली सामान धमाधम प्रहरीद्वार नियन्त्रणमा

प्रदिप न्यौपाने/ धनगढी । भारतसगँ सिमानाका जोडिएको गौरीफन्टा बाट हजारौंको संख्यामा नेपालीहरु किनमेल गर्ने भारतको बनगाउँ र पलिया जाने गर्दछन ।

 

खुला सिमाना बाट अबैध रुपमा भन्सार छली ल्याएका लाखौं मुल्य बराबरको चिनी, चना, मिठाई, लेडिज सुट, कुर्ती लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उता टाईगर टोलि पनि उतिकै चनाखो देखिन्छ। आफुले पाएको जिम्मेवारी बाट पछि नहट्ने र कुनै पनि हालतमा तस्करीलाई उम्कन दिएको छैन। जिल्ला प्रहरी कार्यालय पनि उतिकै जिम्मेवार भएको देखिन्छ। नेपाल प्रहरीले आफू अहोरात्र खटेर भन्सार चुहावट रोकेको छ।

 

प्रहरी व्यक्ति मात्र होइन जिम्मेवारी पनि हो, जनताको जीवन र सुरक्षाको लागि उसले हतियार परिचालन मात्र गर्दैन जस्तो सुकै कठिनाइ सहेर पनि कर्तव्यबाट विचलित हुदैन ।कैलाली जिल्ला प्रहरी कार्यालयमा प्रहरीको एक समुहलाई टाईगर नाम दिएको छ जस्को नाम सुन्ने बितिकै तस्करहरु डराउने गर्दछ्न भने राज्स्व चुहावट लाई टाईगर टोलिले रोकिरहेको छ भने हिजो मात्रै लाखौंको सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि कैलाली भन्सार बुजाएको छ।