२०८१ बैशाख १९ , बुधवार

शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश

1656242219_uchha-adalat-patan116
सुनाखरी न्युज/ काठमाडौं । पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको छ भने दुवै पक्षको छलफलका लागि यही साउन ३० गते बोलाएको छ ।
काठमाडौँ महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएनका तर्फबाट मोहन बास्तोलाले उक्त अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले आदेश गरेको हो । अदालतको अर्को आदेश नआएसम्म व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने छन् ।  रासस