२०८१ बैशाख २१ , शुक्रवार

नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंकको क्यु. आर. कोड सेवा

Capture (16)

सुनाखरी न्युज/ काठमाडौं ।  विदेशीमुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानीसेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्रबैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा Nepal Pay र Fone Pay दुबै नेटवर्कको क्यु. आर. कोड (QR Code) सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवानेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरि मिति २०८० श्रावण २१ गते देखि सुरुवात गर्नु भएको हो । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवा ग्राहीहरुले QR मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुनगई नगद रहित कारोबार लाई समेत टेवापुग्ने देखिन्छ ।

 

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहजबनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल “Smart Bank” को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।