२०८१ बैशाख १५ , शनिवार

घट्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाकै १ हजार ४२५ रुपैयाँमै किनबेच भएको थियो। रासस