२०८१ बैशाख २३ , आइतवार

आँखा परीक्षण गराउने बढे

eye

सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको े अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।”

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिनुभयो ।

“रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन”, उहाँले भन्नुभयो । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउनुहुन्छ । सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा पैmलिने उहाँको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उहाँले सुझाव दिनुभयो ।
रासस