२०८१ बैशाख १९ , बुधवार

अधिकांस वाणिज्य बैंकको नाफा बढ्यो, कुन बैंकले कति कमाए नाफा ? (सूची सहित)

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

संचालनमा रहेका वाणिज्य बैंकहरुले आर्थिक वर्ष ७९-८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । यी बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा आर्थिक वर्ष ७८-७९ को सोही अवधिको तुलनामा अधिकांस बैंकको नाफा बढेको छ ।

 

आर्थिक वर्ष ७९-८० को चौथो त्रैमासको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक ७ अर्ब ५२ करोड खुद नाफा गरेको छ भने दोश्रोमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि नबिल बैंकको भएको छ । नबिल बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।

२० वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५६ अर्ब १७ करोड नाफा कमाएका थिए भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७० अर्ब १७ करोड नाफा कमाएका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको नाफा करीब २५ प्रतिशतले बढेको छ ।