२०८१ जेठ ४ , शुक्रवार

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

ncell

सुनाखरी न्युज/ काठमाडौं । एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्युनिकरण गर्न योगदान पुर्याउँदै आएको छ ।

यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटा भन्दा बढी बाढीसँग सम्भावित जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गरेको छ । यो वर्ष एसएमएस मार्फत पुर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गदै आएको छ । एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत, एनसेलले विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पुर्वसूचना एसएमएस मार्फत प्रवाह गदै आएको छ । यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ ।

पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छांै ।” एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।” जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।

 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, संभवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यम मध्ये एक बनेको छ । यस महान कार्यमा सहकार्यका लागि महाशाखाले एनसेललाई धन्यवाद दिएको छ । महाशाखाका अनुसार, जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका जनसुदायबाहेक, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र जस्ता विपद् जोखिम न्युनिकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

एनसेल र विभागको निरन्तर सहकार्य अन्तर्गत गत वर्ष एनसेलले ७८ लाख भन्दा बढि यस किसिमका पुर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई प्रवाह गरेको थियो । सन् २०७३ मा सुरु भएको यस सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पुर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको छ । पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।