२०८१ जेठ ५ , शनिवार

आज शनिवारः कुन भगवानको पुजागर्दा कस्तो फल मिल्छ ?

Saturday

सुनाखरी न्युज/ काठमाडौ ।

हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

 

आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

 

यसरी गरौँ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

आपँको अचार खानबाट बच्नुहोस् ।

काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् ।

शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।
काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।