२०८१ जेठ ५ , शनिवार

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला १ थान सहित भारतीय नागरिक ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।