२०८१ जेठ ५ , शनिवार

‘ए केटा मादलु पड्का’ मा देखिए हरिवंश र प्रियंका ( भिडियो )

madal-1

 

सुनाखरी न्युज /  काठमाडौँ – ‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको यो गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन्।

 

तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको बताउँछन्।गीतमा ‘काउली’ कै कलाकार दोहोरिएका छन् ।

 

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन्। नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन्।