२०८१ जेठ ५ , शनिवार

काठमाडौं आइपुगे बलिउड गायक जावेद अली

javed ali

सुनाखरी न्युज /  काठमाडौं  – भारतीय गायक जावेद अली नेपाल आइपुगेका छन् । नेपाल आउनेबित्तिकै आयोजकले उनलाई नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । आफ्नो पहिलो नेपाल भ्रमणमा उनले आफ्ना चिरपरिचित गीतहरु नेपाली फ्यानसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् ।उनी बिहीबार नेपाल आएका हुन् ।

 

शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् ।उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेको बताइएको छ ।

 

गत बिहीबार एक भिडियो सन्देश जारी गर्दै गायक अलीले आफ्नो कन्सर्टमा प्रस्तुत दिन नेपाली प्रशंसकलाई अपील गरेका थिए ।दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो ।