२०८१ जेठ ५ , शनिवार

सामाखुसीबाट बेपत्ता भएका बालकको शव भेटियो

 

सुनाखरी न्युज  /  काठमाडौं –  सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेका छन् ।

 

उनको शव बिहीबार दिउँसो ३ बजेतिर फेला परेको हो। मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो ।

 

प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ। मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो।