२०८१ बैशाख १५ , शनिवार

सुनचाँदीको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो पनि प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

आज चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।