२०८१ जेठ ४ , शुक्रवार

रेमिट टू नेपालमार्फत पठाएको पैसा अव’सजिलो पे’ वालेटबाट पाईने

Capture (50)

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा रेमिट्यान्स सेवादिंदै आएको रेमिट टू नेपालमार्फतपाठाएको पैसा अव सजिलो पे मोबाईल वालेटबाट झिक्न सकिने भएको छ । बुधवार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा. लि. कीप्रमुखकार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीविच रेमिट सेवाउपलब्ध गराउनेबारेको सझौतापत्रमा हस्ताक्षर गरेका हुन ।

यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम(रेमिट्यान्स)को भुक्तानी सजिलो पे एप मार्फत पाउनेछन् । खाडी मुलुक, त्यस्तै जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहजहुने रेमिट टू नेपालले बताएको छ । भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवाउपलब्ध गराउने आफ्नो योजनामा सजिलो पे वालेटसँग सहकार्य गर्नपाउँदाखुसीव्यक्तगर्दै यसले रेमिट्यान्स सेवाझन सजिलो हुने बिश्वास व्यक्त गरे । छिटो र सुरक्षित रेमिट्यान्स सेवाअहिलेको आवस्यकता हो । यसमा सजिलो पे ले झन सजिलो बनाउने छ,’ उनले भने । त्यस्तै, सजिलो पे ले सहजभुक्तानीमाकामगर्दै आएकोले रेमिट टू नेपालसंगको सहकार्यले रेमिट्यान्स भूक्तानीमाअझै सहजहुने रञ्जितले बताईन् । ’यसले विदेशमा रहेका नेपालीले पाठाएको पैसा सिधै पाउने ब्याक्तिको हातहातमापुग्ने भएकाले आफ्नाप्रयोगकर्तालाई झनै सहजहुनेछ,’ उनले भनिन्।

यस्तै सजिलो पेका म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवादिंदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवा समेत शुरू गरेकाले यस्ता अन्य सेवाथप्दै जाने बताए।यो सम्झौता पछि सजिलो पे का ३ लाख वढी प्रयोगकर्ताले यो सेवापाउने उनले बताए । ’हामिले सेवाविस्तरको क्रममावालेटबाट शुरू गरेर रेमिटट्यान्स सेवापनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवादिने हाम्रो योजना छ,’ उनले भने ।त्यस्तै रेमिट टु नेपलकाबिजनेस डेभलपमेन्ट एक्सुकेटिभदिनेश चालिसेले आगामीदिनमाअन्य सेवामा समेत सजिलो पे संग थप सहकार्य गर्न सकिने विश्वस व्यक्त गरे ।

 

सजिलो पे यूटीलिटी पेमेन्टको कामगर्दै आएको नेपालकै पहिलो धेरै भाषामाउपलब्धवालेट एप हो । ’सजिलो पे’ ले आफ्नो सेवाको सुरुवात डिजिटल वालेटको रुपमा गरेको छ र यसको सेवाउपयोग गर्न ग्राहकले ’सजिलो पे’ को मोबाइलएपमागई सामान्यव्याक्तिगतविवरणहरु भरेर दर्ता हुनु पर्ने छ। त्यस्पछि यसमाविभिन्नमाध्यमहरु जस्तै ई बैंकिंग, मोबाइल बैंकिंग, कनेक्ट आइपी. एस., विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट÷ क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ।

उक्तजम्माभएको पैसाबाट विभिन्न सेवाहरू जस्तै, सरकारी उपयोगिताहरू– पानी, विद्युत, नागरिक लगानी कोष, कर कार्यालय, ट्राफिक फाइन, लोकसेवा, राहदानीभुक्तान, दूरसंचार (एन.टी.सी., एनसेल, स्मार्ट सेल,इन्टरनेट (वर्ल्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २०+ अन्य नेट सर्भिस प्रदायकहरु रहेकाछन्।