२०८१ बैशाख २४ , सोमवार

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं । वीरगंज महानगरपालिका-१६ माई धिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेश दासलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाइ उक्त नगदसहित पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित भारत बेतिया ग्राम पञ्चायत जय नतिया-९ बस्ने २७ वर्षीय पप्पु प्रसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।