२०८१ बैशाख २४ , सोमवार

शेयर बजारमा सुधार, १२ कम्पनीको शेयरमूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ३ अंकले बढेर दुई हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरमूल्य घटेको छ ।

१२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।