२०८१ जेठ ४ , शुक्रवार

कामना सेवा विकास बैंकद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरस्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरु लाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा ३० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी लाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेकाथिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल,ग्वार्को शाखाका शाखा प्रमुख प्राथना राणा कार्की निक्षेप विभाग बाट सुमन दुवाडी, लगायत अन्य कर्माचारी र कलेजका तर्फ बाट क्याम्पसका व्यवस्थापन संकायप्रमुखश्री प्रकृती बोताजुर अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो।