२०८१ बैशाख २१ , शुक्रवार

‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ मा भागलिन नेपाली प्रतिनिधीमण्डल भारतको मुम्वइमा

33

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डल भारतको मुम्वईमा आयोजना हुन गइरहेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो (आइआइजेएस) २०२३ मा भागलिन बुधबार त्यसतर्फ भारत प्रस्थान गरेको छ । महासंघका उपाध्यक्ष एवं मेला समितिका संयोजक विपिन रामुदाुमुको नेतृत्वमा महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल मेलामा सहभागी हुन गएको हो ।

 

 

 

मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा आयोजना हुँदैछ । सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षितगरी सो मेलाको आयोजना हुन लागेको हो ।

 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद–विक्री, प्रविधि हस्तान्तरण, शिप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा मेला फलदायी हुने बताउनुभयो । यस किसिमको मेलामार्फत दुई देशवीचका ब्यवसायीवीचको सम्वन्ध विस्तार र ब्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।

 

 

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा हुन लागेको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक ब्यवसाय क्षेत्रका पारखी उद्यमी–ब्यवसायीहरु सहभागी हुने छन् । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो ।

सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्वन्धी सवै खालका जानकारी तथा आवश्यकता पुरागर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी हुने गरेको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक बर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधीमण्डल बिगत बर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो ।