२०८२ चैत्र ४ , बुधवार

कांग्रेसले सबै जिल्लामा थाल्यो अभियान, वडा देखी सबै तहको कार्यसमिति बैठकमा केन्द्रीय प्रतिनिधि

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो ।

कांग्रेसले पाँच जना केन्द्रीय सदस्य बाहेकलाई पनि जिल्लामा खटाएको छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरूले जिम्मेवारी निर्वाह गर्नेछन् । पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ ।

No description available.

No description available.

No description available.

May be an image of text