२०८१ बैशाख २५ , मंगलबार

म्यांगो र स्ट्रबेरी लस्सी यसरी बनाउनुस्

सुनाखरी न्युज /  काठमाडौं –  चिनी वा सख्खर हालेर तयार गरिएको पेय पदार्थलाई नै लस्सी भनेर बुझिन्छ । फरक थरीका लस्सीको फरक विशेषता छन् । गर्मीमा शरीरलाई थप तरल पदार्थ र शीतलता आवश्यक पर्छ । गर्मीमा यसको माग ज्यादा हुन्छ । लस्सी भन्नेबित्तिकै दहीमा चिनी या सख्खर हालेर तयार गरिएको पिउरी पेय पदार्थ बुझिन्छ । तर, लस्सी धेरै थरीको हुन्छ ।

 

स्ट्रबेरी लस्सी – यो लस्सी बनाउन राम्ररी पाकेको ७ देखि १० दाना स्ट्रबेरी लिएर सफा गर्ने र आधा कप दही, एक कप दूध, स्ट्रबेरी सिरप दुई चम्चा, एक स्कुप स्ट्रबेरी आइसक्रिम हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

 

म्यांगो लस्सी –  बोक्रा र कोया हटाइएको पाकेको आँपलाई ब्लेन्डरमा राख्नुस् । एक चम्चा मह, आधा–आधा कप दही र दूध हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।