२०८१ बैशाख १९ , बुधवार

“टेक एक्स २०२३” सफ्टवेरिका कलेज काठमाडौँमा सफलता पूर्वक सम्पन्न, विजेताहरुलाई पुरस्कार हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । आईटी र ई–कमर्स कलेजको रूपमाचिनिने सफ्टवेरिका (Softwarica) ले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म“स्मार्ट टेक्नोलोजी“ सम्बन्धी एक प्रदर्शनी आयोजना गरेको थियो ।

 

राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशालीव्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिकाकलेजमाअध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेकाथिए ।

कार्यक्रममा ३०+ नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार”थियो जहाँ कार्यक्रमको अन्तिमदिन टोली“भाइपर स्ट्राइक” ले रोबो वारजित्यो र “काजाडोर”उपविजेताबनेको थियो । विजेता टोलीले क्रमश : ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए । कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको थियो ।

सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशनगर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।