२०८१ बैशाख १८ , मंगलबार

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचन सहितको ४४ औं वार्षिक साधारण सभाले २ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

 

उनले यस अगाडि पनि २ कार्यकाल संघको अध्यक्षभई नेतृत्वप्रदानगरिसकेका थिए । संस्थाको निवर्तमानअध्यक्षमा डा. सुबोध कुमार गुप्ता, प्रथमउपाध्यक्षमा रामथापा, द्वितीयउपाध्यक्षमा राहुलअग्रवाल, महासचिवमादीपककुमार पौडेल, उपमहासचिवमाधीरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया निर्वाचितभएका छन् ।

 

साधारणसभाले धानआयातमा १ प्रतिशतभन्सार दर कायमगर्नुपर्ने माग गरेको छ । त्यस्तै भारत सरकारले चामलनिर्यातमा रोक लगाएको हुँदा नेपालमाचामलको अभावहुननदिनउद्योगीले सरकारसँग मिलेर उचितव्यवस्थागर्न भारत सरकारसँग धानआयातको लागिपहलगर्ने संघले जनाएको छ । नेपालमाधानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसानमिलेर त्रिपक्षिय सम्झौतामाकामगर्न पहलगर्ने पनि संघले जनाएको छ ।

 

त्यसैगरी कच्चा र तयारी दालमाकम्तिमा २ तहको आयात दर कायमगर्न पहलगर्ने, मुसुरो दाल विदेश निकासीगर्दा दिँदै आएको इन्सेन्टिभ कायमगर्न पहलगर्ने पनि संघले जनाएको छ । छिमेकी देश भारतले शून्यप्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमाबिक्रीगरिरहेको छ । यसले नेपालीउद्योगलाई प्रत्यक्ष असर गरिरहेकाले मूल्य समायोजनमा समस्या पर्ने गरेकाले तयारी दाल आयात रोक्न पहलगर्ने संघले जनाएको छ । दाल निकासीगर्दा लाग्ने प्रति के.जी रु.१ निकासीशुल्क हटाउन पहलगर्ने पनि संघले एजेन्डा बनाएको छ ।

 

तोरी तेलमा मु.अ.कर नहट्ने हो भने उद्योग बचाउनत्यसको विकल्प सरकारले सोचिदिनु पर्ने संघले जनाएको छ । सस्तो भएकै कारण तराई क्षेत्रको बजारमाभारतीय तेलले प्रभुत्वजमाएको बताउँदै संघले खुल्ला तेल, प्याकेट वा टिनमा भारतीयकम गुणस्तरका सस्तो तेल खुले आमजाँच–पास नै नगरी नेपालभित्री तराईका प्राय धेरै बजारमाबिक्रीभइरहेको कारण नेपाली तेल मिलचलाउन सक्ने अवस्था नै नरहेको उल्लेख गरेको छ । तराई क्षेत्रकाबजारमाभारतीय तेल कम्तिमापनिप्रति लिटर रु.३०÷(तीस रुपैँया) सस्तोमाबिक्री हुन्छ । भारतीय तेलले नेपालीबजार कब्जा गरेको हुँदाअनाधिकृत व्यपारले प्रोत्साहनपाइरहेको छ, जसको कारण सरकारको राजश्वमा समेत प्रत्यक्ष प्रभाव पारेकोले रोकथामको लागि पहल गर्ने संघले जनाएको छ ।