२०८१ बैशाख २१ , शुक्रवार

टोखाबाट १२ जुवाडे पक्राउ

सुनाखरी न्युज   / काठमाडौं –  काठमाडौंको टोखाबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार राति ९ बजे टोखा मिलन टोलस्थित एक होटलबाट जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।