२०८२ चैत्र ४ , बुधवार

राष्ट्रपतिको उपचार खर्चबारेको रिट न्यायाधिश सिन्हाको इजलासमा

सुनाखरी न्युज  / काठमाडौं –  सर्बोच्च अदालतलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च ब्यहोर्ने भनी गरेको निर्णय आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन आइतबार न्यायाधिस अनिल कुमार सिन्हाको इजलासमा तोकिएको छ । उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो ।अधिवक्ता बिष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन सबोच्च अदालतको आदेशमा शुक्रबार दर्ता भएको थियो ।

 

कानुन अनुसार नेपाल सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्नेमा राष्ट्रपति पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् । मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ ल्याइएको थियो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो ।राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

 

उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा ९न० नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ । राष्ट्रपति उपचारका लागि भारत गएसँगै नेपालमा त्यसको व्यापक बिरोध भएपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिको उपचारखर्च व्यक्तिगतरुपमा राष्ट्रपति आफैंले बेहोर्न चाहेको विज्ञप्ति जारी गरेको थियो ।