२०८१ जेठ ५ , शनिवार

एभरेष्ट बैंकद्वारा मुरली चोक जनकपुरमा आफ्नो १२७औं शाखा उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरु लाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ जनकपुरको मुरलीचोकमा आफ्नो १२७औं शाखा उद्घाटन गरेको छ ।

 

उक्त शाखाको उद्घाटनजनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षश्री सुरेश झा र बैंककानायबप्रमुखकार्यकारी अधिकृत श्री विजयकुमार शर्माले संयुक्त रुपमागरेका छन् । उक्तउद्घाटन समारोहमा बैंककामधेश प्रदेशकाप्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

सो उद्घाटन समारोहमा अध्यक्ष झा ले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरलीचोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभहुनेबताउनु भयो । साथै,बैंककानायबप्रमुखकार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरु लाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्गसेवाप्रदान गराउने प्रतिवद्दताव्यक्तगर्नुका साथै पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानियबासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवातथा सुविधाउपभोग गर्न अझ सहजहुने विश्वासव्यक्तगर्नुभयो ।यो संगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगको छ ।

 

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ ATM सहितविश्वव्यापी नेटवर्कबाट अत्याधुनिकमोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।