२०८१ बैशाख १५ , शनिवार

समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाईनान्सले हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । आजबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावणमहिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाईनान्सलेमासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावण महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०÷८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

 

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।