२०८१ बैशाख २२ , शनिवार

वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिकअभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

शुक्रबार मोर्गन इन्टरनेसनलकलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानून भन्दा बढी नैतिक अभ्यासबाट निर्देशितहुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिकअभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथावित्तीय संस्थाको नैतिकअभ्यासकै आधारमामूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथावित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामाहुने नैतिकअभ्यासले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बताए ।

‘बैंक तथावित्तीय संस्थालाई पारदर्शी र जवाफदेहीबनाउन राष्ट्र बैंकले निरन्तर कामगरिरहेको छ । अबको दिनका बैंक तथावित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरु लाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामीदिनमा बैंक तथावित्तीय क्षेत्रले ध्यानदिनुपर्ने विषयमाजानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए ।

‘विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरि रहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा पनि प्रशस्त ज्ञान हासिलगर्न सक्छन् । सोही उद्देश्यकालागि सेमिनार आयोजनागरिएको हो’, डा. भण्डारीले भने ।
सेमिनारमाकलेजका स्नातकतहकाविद्यार्थी, अध्यापकएवं कर्मचारीहरुको सहभागीताथियो ।

रासस