२०८१ बैशाख १५ , शनिवार

सिनेरोयलः नेपालमा सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क

सुनाखरी न्युज/ काठमाडौं । तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमाहल सिने रोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोकाखोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमानधारणा लाई परिवर्तन गरेको छ ।

 

अत्याधुनिकप्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।

३ ओटा ऑडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिककला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुनापनिहो । अत्याधुनिकप्रविधि र परिष्कृत आरामदायीअनुभवप्रदानगर्दै राष्ट्रिय गौरवको परियोजनानिर्माण गर्दैनेपाललाई आधुनिकसिनेमा थिएटरको लक्जरीपूर्ण अनुभवअन्तर्राष्ट्रिय मानचित्रमाल्याएको छ।

 

गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुलथापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ ।
संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टमरहेको छ ।सबै अडिटोरियमहरूमाप्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज३.२ थ्री डीप्रिजमसिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्रीडी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजनप्रदानगर्दछ ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकतादिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायीमिश्रण प्रदानगर्दछ ।

यहाँउपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुलीपर्यावरण–अनुकूलभान्सामा, घरमाजस्तैतयार हुन्छ । जुननिकै नै फ्रेशतथा स्वादिलो रहेको छ । सिनेरोयलले अत्याधुनिकअग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमाअग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालनागर्दछ।थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनिप्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।

सिनेमाअनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्रप्रदर्शनीउद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्रदर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवकोआभाष छोडेका छन्। यस थिएटरको उद्देश्यभारतकाचलचित्र प्रेमीहरूलाई पनिआकर्षित गर्नु हो रयसलेनिश्चित रूपमापर्यटनमा योगदान पु¥याउनेछ, जहाँ सीमापार बस्नेचलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्रअवलोकनयात्राको एक हिस्सा हुनेहाम्रो बिशवास रहेको छ ।